ताजा अपडेट »

२१ औं तिलोत्तमा गोल्डकप :अन्तिम चरणमा

सोमबार, १३ फागुन २०७५, ०० : ५६
8 Shares

उपाधिका लागि दाफिन्स एफसी र नेपाल पुलिस भिड्दै

फागुन १३,
बुटवल । एन्फा एकेडेमी बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप नक आउट फुटबल प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेको छ । गत ४ गतेबाट सुरु भएको प्रतियोगिताको शनिबार सेमिफाइनल खेल सम्पन्न भएको हो । उपाधिकोलागि विदेशी पाहुना टोली दाफिन्स एफसी क्लब ,क्यामरुन र विभागीय टोली नेपाल पुलिस क्लबबीच सोमबार प्रतिष्पर्धा हुँदैछ ।


बुटवल उपमहानगरको संरक्षकत्व,रुपन्देही जिल्ला फुटवल संघको आयोजना र यशोदा फुुड्स प्रा.लि.को मुुख्य प्रायोजन रहेको २१ औं संस्करणको प्रतियोगितामा आयोजक,राष्ट्रिय र अन्तराष्ट्रिय गरी १० वटा समूहको सहभागिता रहेको थियो । ५/५ दुुई समुुहमा विभाजित प्रतियोगिताको समूह ‘क’बाट दाफिन्स एफसी क्लब क्यामरुन र समूूह ‘ख’बाट नेपाल पुलिस क्लब फइनलमा प्रवेश गरेका हुन् ।


यसअघि दुुई–दुुई खेल खेलेका दुुबै टिम उपाधिका प्रबल दाबेदार हुन् । दाफिन्सले झापा–११ र रुपन्देही–११ लाई पराजित गरी फाइनलमा प्रवेश गरेको हो भने पुलिसले ब्रदर्श युनाइटेड भारत र भ्याली च्यासल यूूथ क्लब काठमाण्डौंलाई पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।

हालसम्म दुुई खेलमा शुन्यका विरुद्ध सर्वाधिक ७ गोल गर्न सफल विदेशी टोली दाफिन्स र दुई खेलमा २ का विरुद्ध ५ गोल गर्न सफल पुलिस क्लब एक अर्काका लागि नौला भने होइनन् । तर, जित्नेमा दुुबै ढुुक्क हुने अवस्था छैन । दुबैले एक अर्काका सबल र कमजोरी बुुझेका छन् । सोमबार २१ औं संस्करणको उपाधि कसले जित्छ भन्ने जिज्ञासा अहिले सबै फुटवलप्रेमीहरुको चासोको विषय बनेको छ ।


२०३१ सालमा स्थापना भएर ०३३ सालदेखि आयोजना सुरु भएको तिलोत्तमा गोल्डकप सुरुदेखि नै चर्चित प्रतियोगिता हो । तत्कालिन समयमा बुटवल नगरपञ्चायतको आयोजनामा हुने खेलमा सहभागी हुन भारतका त्यतिबेलाका चर्चित क्लबहरू एयरफोर्स इण्डिया, इन्डियन रेल्वे, महिन्द्रा एण्ड महिन्द्रा, कलकत्ता एफसी आउने गर्दथे । वि.सं.२०३१ सालमा स्थापना भएपनि २०३३ सालबाट सुरु भएको प्रतियोगितामा बुटवलका स्थानीय, राष्ट्रिय ( काठमाण्डौं) का लगाएत भारतीय १४ ओटा टिमले उपािध जितेका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ८ लाख ८० हजार, द्वितिय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघका वरिष्ठ उपाध्यक्ष हरि क्षेत्रीले बताए । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल , उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५–२५ हजार रूपैयाँ प्राप्त गर्ने संघका महासचिव लोक पुनले बताए ।-बुद्धभूमि साप्ताहिकबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।