Mar 29, 2023
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट आज एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिकामै बसोबास गदै आएका ६९ वर्षिय ऋषिराम पौडेल रहेका छन् ।
बुटवलबाट भैरहवा जादैँ गरेको लु४७ प ३८३३ नम्बरको मोटसाइकलले सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा ६ मा सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्