ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप : झापा–११लाई स्तव्ध बनाउँदै दाफिन्स क्यामरुन सेमिफाइनलमा

बुधबार, ०८ फागुन २०७५, १८ : १५
10 Shares


फागुन ८,
ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी,बुटवलमा जारी २१औं लाली तिलोत्तमा गोल्डकप–२०७५ अन्तर्गत आज बुधबार सम्पन्न खेलमा झापा–११लाई पराजित गरी दाफिन्स एफसी क्यामरुन विजयी भएको छ ।
डाफिन्सले झापा–११लाई शुन्यका विरुद्ध ५ गोल गर्दै स्तब्ध बनाएको हो ।


दाफिन्सले पहिलो हाफको २६औ मिनेटमा पहिलो गोल गरेको थियो क्रमशः ५०औं ,७३औं ,७५औं र ८८ औं मिनेटमा गोल गरेको थियो । प्रतियोगितामा क्यामरुनका जर्सी नं.५ विक म्यान अफ दि म्याच भएका छन् । उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

बुधबार सम्पन्न झापा –११ र डाफिन्स एफसी क्लब क्यामरुन बीच भएको खेलको दृश्य । तस्वीर : बिमल पुरी


यससँगै डाफिन्सले सेमिफाइनलमा आयोजक लाली रुपन्देही–११सँग प्रतिष्पर्धा गर्नेछ । भोली बिहिबारको खेल च्यासल युुथ क्लब र मनाङ मर्यास्याङ्गदी बीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी गराए ।

बुधबार सम्पन्न झापा –११ र डाफिन्स एफसी क्लब क्यामरुन बीच भएको खेलको दृश्य । तस्वीर : बिमल पुरी

रुपन्देही फुटबल संघको आयोजना र बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रतियोगितामा विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ ।

बुधबार सम्पन्न झापा –११ र डाफिन्स एफसी क्लब क्यामरुन बीच भएको खेल हेर्दै दर्शकहरु दृश्य । तस्वीर : बिमल पुरी

त्यसैगरी उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल रस्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।