May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

२१औं तिलोत्तमा गोल्डकप : दार्जिलिङ्गलाई पराजित गर्दै नेपाल पुलिस बिजयी

240

फागुन ७,

ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी,बुटवलमा जारी २१औं लाली तिलोत्तमा गोल्डकप–२०७५ अन्तर्गत मंगलबार सम्पन्न खेलमा दार्जिंलिङ्ग युनाइटेडलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरी नेपाल पुलिस क्लब बिजयी भएको छ । भोली बुधबारको खेल झापा–११ र दाफिन्स एफसी क्यामरुनबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी गराए ।

रुपन्देही फुटबल संघको आयोजना र बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रतियोगितामा विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल रस्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।

पछिल्लो अपडेट