ताजा अपडेट »

नेकपाका तीन स्थानीय कमिटीले पूर्णता पाए

सोमबार, २३ पुस २०७५, १७ : ४९
2 Shares
  गुल्मी । नेपाल कम्युनिष्ट पार्टी गुल्मीले अहिले स्थानीय तहहरुमा सपथ ग्रहणको लहर चलाएको छ । सवै स्थानीय तहमा कमिटीलाई पूर्णता दिँदै सपथ खुवाउने कार्यक्रम जारी रहेको नेकपाका नेता विर बहादुर कार्कीले बताए । अहिलेसम्म तीन स्थानीय तहले कमिटीलाई पूर्णता दिए पनि बाँकीको पनि सवै तयारी पुरा भएको जानकारी दिए । स्थानीय तहका अध्यक्ष र सचिवलाई पार्टी कार्यालयमै बोलाएर पद तथा गोपनियताको शपथ ग्रहण गराइएको थियो ।  

 नेकपाका ५ नम्बर प्रदेशका सचिव जगप्रसाद शर्माले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ खुवाए थिए । स्थानीय तहमा अरु पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला स्तरिय नेताहरुले गाउँगाउँमा पुगेर सपथ ग्रहण गराउने अभियान सुरु गरिएको  नेकपा गुल्मीका सचिव बुद्धि जिसीले बताए ।  नेकपा गुल्मीले सबै स्थानीय तहको कमिटीलाई पूर्णता दिएको छ । 
 रेसुङ्गा नगरपालिकामा हरी पोखरेल अध्यक्ष र धर्म विश्वकर्मा सचिव रहेको ८१ सदस्यीय रेसुङ्गा नगरकमिटी गठन भएको छ । सवै पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।  मदाने गाउँपालिकाले पनि पूर्णता पाएको छ ।

 
अध्यक्ष प्रेम केसी तथा सचिवमा झविन्द्र बहादुर घर्ती सहित ७५ सदस्यीय कमिटीले पूर्णता पाएकोे नेकपाका नेता हिरा एसीले बताए । त्यस्तै धुर्कोट गाउँपालिकाले पनि पूर्णता पाएको छ ।   अध्यक्षमा गोपाल कुँवर तथा सचिवमा चन्द्र विक सहित ७५ सदस्य रहेका छन् । 
मुसिकोट नगरपालिकामा खुम बहादुर थापा अध्यक्ष तथा अग्निधर लोहोनी सचिव भएका छन् । कालीगण्डकी गाउँपालिकामा रामजी ढकाल अध्यक्ष तथा मोतिलाल भट्राई सचिव, चन्द्रकोट गाउँपालिकामा चित्र केसी अध्यक्ष तथा प्रेम पराजुली सचिव भएको नेकपा जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले बताए । 

सत्यवती गाउँपालिकाको अध्यक्षमा ठगप्रसाद ज्ञवाली र सचिवमा जितु तरामु रहेका छन् । रुरु गाउँपालिकाको अध्यक्षमा चन्द्रमणी गौतम तथा सचिवमा नारायण पौड्याल, छत्रकोट गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे तथा सचिवमा पिताम्बर अर्याल रहेको काउछाले बताए । गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम तथा सचिवमा यमलाल पाण्डे, मालिका गाउँपालिकाको अध्यक्षमा देविराम अर्याल तथा सचिवमा रंगमाया पुन सचिवमा मनोनित भएको नेकपा गुल्मीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।