ताजा अपडेट »

एमालेको प्रतिनिधि परिषद्को बैठकमा देउवालाई निमन्त्रणा

शुक्रबार, ०७ बैशाख २०८१, १३ : ३६
122 Shares

काठमाडौं । नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् ।

एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट शुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् । सो अवसरमा सचिव भट्टराईसँगै बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला, एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ समेत उपस्थित थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।