ताजा अपडेट »

वेस्ट इन्डिजविरुद्ध टस हारेर नेपालले पहिला बलिङ गर्दै

विहीबार, २० बैशाख २०८१, ११ : ५९
74 Shares

बुटवल । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सीय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो । तर सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुने छ ।

आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ । मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने छन् । वेस्ट इन्डिजले भने हिजो जित हासिल गरेको टोलीलाई निरन्तरता दिएको छ । सिरिजमा हाल वेस्ट इन्डिज २(१ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए ।  

नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी

वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज ९कप्तान०, एलिक अथान्जे ९उपकप्तान०, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।