ताजा अपडेट »

घरमा आगलागी हुँदा वृद्ध दम्पतीले गुमाए ज्यान

विहीबार, २० बैशाख २०८१, ०९ : ४६
206 Shares

धादिङ । धादिङमा वृद्ध दम्पतीको घरमा आगलागी हुँदा ज्यान गएको छ । थाक्रे गाउँपालिका–५ मा ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली तामाङको आगलागीमा परी मृत्यु भएको हो ।

प्रहरीका अनुसार गए राति घरमा आगलागी भएको थियो । आगलागीको सूचना पाएपछि प्रहरी घटनास्थल पुग्दा दम्पतीको मृत्यु भइसकेको थियो । कसरी आगलागी भयो भन्ने यकिन विवरण प्राप्त नभए पनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागीबाट घरमा पूर्ण रूपमा क्षति भएको छ । राति नै आगलागी नियन्त्रणमा लिइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।