ताजा अपडेट »

ग्लोबल कर्मी सुनार सम्मानित

विहीबार, २० बैशाख २०८१, ११ : ४७
20 Shares

बुटवल । गुल्मीका पत्रकार तथा यस ग्लोबल आबाजका सहकर्मी प्रेम सुनार नेपाल पत्रकार महासंघ  लुम्बिनी प्रदेश समितिबाट सम्मानित भएका छन् । संघको चौथो साधरण सभाको अवसरमा लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित कार्यक्रमका बीच बुधबार सुनारलाई सम्मान गरिएको हो ।

मुख्यमन्त्री जोखबहादुर महराले सुनारलाई कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका हुन् । सुनार नेपाल पत्रकार महासंघ गुल्मीका सचिब तथा प्रेस सेन्टर नेपालका कन्द्रीय सचिब हुन् ।   महासंघले प्युठानकी बसुन्धारा गौतम, बाँकेका प्रेम केसी र बर्दियाकी मेनुका चौधरीलाई सम्मान गरेको थियो । पत्रकार महासंघका १२ जिल्ला मध्ये दाङ्ग जिल्ला उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।