ताजा अपडेट »

ग्लोबल आवाजकर्मी सुनार सम्मानित

आइतबार, ०२ बैशाख २०८१, १४ : १३
82 Shares
आइतबार, ०२ बैशाख २०८१
82 Shares

बुटवल ।  ग्लोवल आवाज गुल्मीका वरिष्ठ सम्वादाता प्रेम सुनार बुटवलको एक संस्थाद्धारा सम्मानित भएका छन् । बुटवल– ११  को  दुर्गानगरस्थित मितेरी ईन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलले सहकर्मी सुनारलाई सम्मान गरेको हो  ।  

नयाँ बर्षको शुभकामना आदन प्रदान तथा  स्कुलको स्थापना दिवसको अवसरमा  पत्रकार सुनारलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयको हातबाट मायाँको चिनो र संस्थाको मानर्थ सदस्यको प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।  ईन्टरनेशनल सिमली फाउण्डेशन नेपालद्वारा सञ्चालित स्कुल स्थापना सम्म आईपुग्दा सुनारले पत्रकारीताको माध्यमद्धारा  संस्था प्रति  निकै सहयोग गरेको भन्दै फाउडेशनका अध्यक्ष महेन्द्र अर्यालले  संस्थाले पत्रकार सुनारलाई मानर्थ सदस्यमा  मनोनित गर्ने निर्णय गरेको र संस्थाको प्रचार प्रसारको जिम्मा पनि दिदैँ आएको बताएका थिए ।  मेयर पाण्डेयले पत्रकार सुनारलाई बधाई दिँदै  प्रगतिको शुभकामना दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।