ताजा अपडेट »

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

विहीबार, १५ चैत्र २०८०, १२ : ५६
518 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखामानीमा एक पुरुष विहिबार विहान मृत अवस्थामा फेला परेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मैनाबगरदेखि पश्चिमतर्फ अवस्थित पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

बिहिबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सार्की विहान उठेर घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रनाउ पण्डितले जानकारी दिए । बुटवल उपमहानगरपालिका वडा–११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।