ताजा अपडेट »

तिलोत्तमामा जेष्ठ नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम

मंगलबार, ०८ फागुन २०८०, १४ : ५९
130 Shares

बुटवल । प्रभु बैंक मणिग्राम शाखाले आनन्दवन स्वास्थ्य केन्द्र, तिलोत्तमा–६ , रुपन्देहीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। जेष्ठ नागरिक तथा सर्वसाधारणलार्इ  लक्षित गरि यो कार्यक्रम तिलोत्तमा, वडा नं ६ कार्यालयसँगको समन्वयमा आयोजना गरिएको हो। वडा ६ कार्यालय र लायन्स क्लब अफ बुटवल कालिकाद्वारा वडा ६ का ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । 

ज्येष्ठ नागरिकहरू तथा सर्वसाधारणका लागि सामाजिक सुरक्षा भत्ता, जीटुपी खाता, रेमिटेन्स खाताहरू साथै सामान्य बैंकिङ जानकारी गराएको थियो। वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि  लुम्बिनी प्रादेशिक अस्पतालका डा.प्रेमप्रकाश पौडेल,  लायन्स क्लब अफ बुटवल कालिका अध्यक्ष  बसन्त पोखरेल, आनन्दवन स्वास्थ्य केन्द्रका जनस्वस्थ निरीक्षक ज्ञानप्रसाद पौडेल , प्रभु बैंक मणिग्राम शाखाका कर्मचारी , वडा सदस्यलगायत वडावासीको  सहभागीतामा कार्यक्रम भएको प्रभु बैंक मणिग्राम शाखा प्रमुख सन्तोष खत्रीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।