ताजा अपडेट »

रोहिणीको पोखरभिण्डी माविको अध्यक्षमा कान्छा कोहार

शुक्रबार, ०४ फागुन २०८०, ०८ : ४८
58 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका-२ भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कान्छा कोहार चयन भएका छन् । बिहीबार भएको निर्वाचनमा खुल्ला सदस्यमा शिव कुमार यादवले १३०, रिंकु हरिजनले १२७ तथा महिला सदस्यमा ममशिला कहाँरले १२५ र किरन भुज १२९ मतका साथ विजयी भएका छन् ।

विजयी भएका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य शिव कुमार यादवको अध्यक्षतामा बसेको बैठकले कान्छा कोहार र फूलकुमारी कहारलाई मनोनित गरेको थियो । उक्त बैठकले कान्छा कोहारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाएका हुन् । विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा सम्बन्धित वडाका जनप्रतिनिधि र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । सोहीअनुसार विद्यालयको पदेन सदस्यमा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खान र सदस्य सचिवमा प्रधानाध्यापक राजकुमार चौधरी चयन भएका छन् ।

बिहीबार भएको निर्वाचनमा ३९४ जना मतदाता (अभिभावक) मध्ये ३५४ मत खसेको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समिति छनौट समिति–२०८० का संयोजक मधु प्रसाद घिमिरेले बताए ।निर्वाचनमा ३ वटा समूह (प्यानल)ले उम्मेदवारी दिएको थियो । जसअन्तर्गत दिलिप यादव समर्थित प्यानलबाट खुल्ला सदस्यमा राजेश नाउले ११३, फूलचन्द खरबिन्दले ११३, महिला सदस्यमा राजपति केवटले ११० र रीता खरबिन्दले ११२ मत प्राप्त गरेका छन् ।

त्यस्तै कमरे आलम समर्थित प्यानलबाट खुल्ला सदस्यमा सुग्रिम खरबिन्दले ९६, बनारसी खरबिन्दले ९५, महिला सदस्यमा प्रतिमा चौधरीले ९२ र प्रभावति हरिजनले ९१ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।