ताजा अपडेट »

गुल्मीबाट एसईई दिने विद्यार्थी घट्दै ,  यस वर्ष  ६ सय बढी घट्ने

मंगलबार, १३ चैत्र २०८०, १५ : २८
86 Shares

गुल्मी। गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसर्इई) दिने विद्यार्थी संख्या पछिल्लो तीन वर्ष यता घट्दो क्रममा रहेको पाइएको छ ।  शिक्षा विकास तथा समन्वय इकाइ  गुल्मीको  तथ्यांकले  यस्तो  देखाएको  हो  । गत वर्ष  भन्दा यस  वर्षको एसईई  परिक्षा  ६  सय  बढी विद्यार्थी घट्ने  भएका  छ्न् ।  

चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसर्इई  परिक्षाको तयारीका सम्बन्धमा मंगलबार सो  कार्यालयले उक्त  तथ्यांक सार्वजनिक गरेको  हो  ।   जिल्लामा गतवर्ष भन्दा अहिले ६२५ जना  विद्यार्थी कम सहभागी हुने  भएको  सो  कार्यालयले  जनाएको    । १३८ विद्यालयका चार हजार ९७ विद्यार्थी सहभागी हुदाँ नियमित साधारण धारतर्फ तीन हजार ७७७ र नियमित प्राविधिक धारतर्फ २९५ विद्यार्थी परिक्षामा सहभागी हुने छन् ।

नियमित खुलातर्फ १३ र ग्रेडवृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गुल्मीका  प्रमुख  लोकनाथ  मरासिनीले जानकारी दिए । २०७९ को एसइईमा  १४० विद्यालयका चार हजार ७२२ विद्यार्थी विभिन्न २८ परिक्षा केन्द्रमा सहभागी भएका थिए । त्यस्तै  २०७८ को एसइईमा  १४० विद्यालयका चार हजार ८२३ विद्यार्थी  सहभागी भएका थिए ।

जन्मदर कम हुनु र बसाइँसराइले एसइईमा सहभागी हुने विद्यार्थीहरुको सङ्ख्या घटेको कार्यालय प्रमुख मरासिनीले बताए । यो वर्षको एसईई परिक्षाको तयारी पुरा भएको र परीक्षा  मर्यादित  र  विद्यार्थीहरुलाई भयरहित वातावरण सिर्जना  गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी  गराईएको  थियो  ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार