ताजा अपडेट »

बैदेशिक रोजगारबाट फर्किएकाहरुको ज्ञान र सिपलाई सदुपयोग गर्न आग्रह

सोमबार, २३ पुस २०७५, १६ : ३०
6 Shares

बुटवल । बैदेशिक रोजगारबाट फर्किएकाहरुको ज्ञान र सिपलाई सदुपयोग गर्न आग्रह
सरोकारवालाले आग्रह गरेका छन् । बिदेशमा पुगेर बिभिन्न सिप, कला र ज्ञान हासिल गरेर फर्केका युवाहरुलाई लक्षित गरेर बिशेष कार्यक्रम ल्याउनु पर्ने माग उनिहरुले गरेका छन । बर्षौंसम्म बैदेशिक रोजगारीका अवसरमा हासिल गरेको अनुभवलाई उर्जामा परिणत गर्न सरकारले बैदेशिक रोजगारबाट फर्केका युवा लक्षित बिशेष किसिमको कार्यक्रम ल्याउनु पर्नेमा उनिहरुले जोड दिएका छन् । राज्यले सहुलियतपुर्ण ऋण प्रदान गर्ने तथा बजेटमै ब्यबस्था गरेर कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिँदै कतिपय बैदेशिक रोजगार पीडितहरुका लागि पुनःस्थापना कार्यक्रम ल्याउनु पर्ने माग सहभागिहरुले गरेका छन् ।

बिदेशमा आर्जित सिप, ज्ञान र पूँजी स्वदेशका लागि भन्ने मुल नाराका साथ गठन भएको बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माईगे्रन्ट नेपालको आज तिलोत्तमा आयोजित प्रदेश स्तरिय प्रथम सम्मेलनमा सहभागिहरुले रिटर्नीहरुका मुद्धा स्थापित गर्ने सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । मुलुकमा ३० हजार भन्दा बढि बैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही गरौं भन्ने आसयका साथ बसेका मानिसहरु रहेको रिटर्नी माईगे्रन्ट नेपालको अनुमानित तथ्यांक छ । संस्थाले यसअघि गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सम्मेलन गरिसकेको र अन्य प्रदेश र जिल्लाहरुमा सम्मेलन तथा समिति गठन गर्ने कार्य भैरहेको जनाइएको छ ।

बिशेषगरि कृषि, विकास निर्माण, टुरिज्म, औद्योगिक मजदुर लगाएतका क्षेत्रमा अनुभव हासिल गरेर फर्केका युवाहरुलाई उचित कार्यक्रम ल्याएर अवसर प्रदान प्रदान गर्न सकेमा नेपालमा दक्ष कामदारको अभाव नहुने रिटर्नी माईगे्रन्ट नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले बताएका छन । सामुहिक प्रतिबद्धता, सामुहिक परियोजना र सामुहिक लगानी मार्फत मुलुकको आर्थिक बिकासमा टेवा पुराई समृद्ध नेपाल निर्माणका लागि रिटर्नीहरुले महत्वपुर्ण योगदान पुराउने अध्यक्ष अधिकारीले दावी गरेका छन । हाल रिटर्नीहरुको नामावली संकलन, सुचिकरण र फारम भराउने कार्य भैहेको तथा कम्तिमा ४० जिल्लामा संगठन बिस्तार गर्ने लक्ष रहेको संस्थाका पदाधिकारीहरुले जनाएका छन । सो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्णु पन्थी, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे लगाएतका बक्ताहरुले बिदेशबाट फर्केका रिटर्नीहरुका लागि नेपालमै काम गर्ने बातावरण बनाउने काम राज्यले गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।