ताजा अपडेट »

आइसिसी वरियतामा पारस शीर्ष ४० भित्र

सोमबार, २८ माघ २०७५, ०९ : ५९
6 Shares


माघ २८, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को टि-२० वरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले छलाङ् मारेका छन्।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार पारस पहिलो पटक टि-२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन्। पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन्। जुन उनले करिअरमा पाएको सर्वाधिक उच्च प्वाइन्ट समेत हो। टि-२० को ब्याटिङ वरियतामा भने पारस ९०‍औं स्थानमा छन्।

वलिङ वरियतामा नेपालका तीव्रगतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन्। सोमपालले पनि यसपटक करिअरको उच्च ४०९ प्वाइन्ट पाएका हुन्।

अघिल्लो सातामात्रै पारसको कप्तानीमा रहेको नेपाली टोलीले यूएईविरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।