ताजा अपडेट »

देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुटवलमा

आइतबार, २२ माघ २०७९, १२ : १४
18 Shares

बुटवल । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् ।

शनिबार बुटवल आइपुगेका उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले स्वागत गरेको थियो । आइतबार बिहान औपचारिक समारोह सकेपछि अहिले उपमहानगरपालिकाहरुका बीचमा आन्तरिक छलफल चलिरहेको छ । छलफलमा उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरुको सहभागिता रहेको छ । विज्ञसहितको छलफलपछि साझा विषयहरुलाई समेटेर घोषणा पत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।