ताजा अपडेट »

हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट

शनिबार, २४ मंसिर २०७९, ०७ : ४७
25 Shares

बुटवल । होराइन जिबिएस स्कुल ड्राइभरटोलमा विद्यार्थीहरूबिच डान्स आइकन र ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । विभिन्न दुई चरणमा प्रतियोगिता गरिएको थियो । पहिलो चरणमा कक्षा नर्सरीदेखि कक्षा तिनसम्मका विद्यार्थीहरूबिच किड्स ट्यालेन्ट हन्ट प्रतियोगिता गरिएको छ भने दोस्रो चरणमा कक्षा चारदेखि कक्षा नौसम्मका विद्यार्थीहरूबिच डान्स आइकन प्रतियोगिता भएको हो ।

कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको ट्यालेन्ट हन्टमा विद्यार्थीहरूबिच भएको प्रतियोगितामा कक्षा दुईबाट ब्लु सेक्सनका आस्थिका थापा प्रथम भएकी छन् । त्यस्तै कक्षा ३ बाट एल्लो सेक्सनका सोनिया खरेल द्वितीय र कक्षा एकबाट ब्लु सेक्सनकै कञ्चन पचभैयाको समुहबाट कञ्चन पचभैया, आएसा केसी, इभा पोखरेल, आयुसा पाठक र काभ्या बस्याल तृतीय भएका छन् ।

त्यसैगरी कक्षा चारदेखि कक्षा नौँसम्मको डान्स आइकनमा प्रतियोगितामा कक्षा छबाट एल्लो सेक्सनका रिजन खरेल प्रथम भएका छन् । त्यस्तै कक्षा आठबाट ग्रिन सेक्सनका नेहा कडेल द्वितीय र कक्षा पाँचबाट ग्रिन सेक्सनकै सुरभी खड्का तृतीय भएको विद्यालयले जनाएको छ ।

विद्यार्थीमा भएको कला तथा प्रतिभालाई पहिचान गरी उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले गायन , नृत्यलगायतका आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका गरेको अतिरिक्त क्रियाकलाप संयोजक जीवन मल्लले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा न। १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख अतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संगीत शिक्षक सुशील आचार्य र टेक बहादुर महतले गरेका थिए । भने कार्यक्रममा विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यको अध्यक्षता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।