ताजा अपडेट »

तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै

शनिबार, २४ मंसिर २०७९, ०७ : ४३
21 Shares

बुटवल । तिलाेत्तमा ११ स्थित ढाक्रेबास खेल मैदानमा गत मंसिर १६ गतेबाट सुरू भएकाे प्रथम टाेलस्तरीय पुरूष र महिला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता २०७९ अन्तर्गत शुक्रबार सेमिफाइनलका विभिन्न खेलहरू सम्पन्न भएका छन् ।
युवा तथा खेलकुद विकास समिति तिलाेत्तमा ११ काे अायाेजनामा सुरू भएकाे साे खेलमा शुक्रबार पुरूष र महिलातर्फ सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन् ।

टाेलमा रहेका युवालाई खेलप्रति जागरुक गराउने उदेश्यले सञ्चालन भएकाे साे प्रतियोगितामा महिलातर्फ ७ समूहले प्रतिष्पर्धा गरेकाे आयाेजकले जनाएकाे छ । त्यसैगरी पुरूषतर्फकाे खेलमा १२ समुहले प्रतिष्पर्धा गरेका छन् ।

शुक्रबारकाे पहिलाे सेमिफाइनलमा पुरूषतर्फकाे पहिलाे खेल कटानी टाेल विकास संस्था र गणेशनगर टाेल विकास संस्थाबिच भएकाे छ । कटानी टाेल विकास संस्थाले गणेशनगर टाेललाई २ गाेलले पराजित गरेकाे छ । त्यस्तै महिलातर्फकाे सेमिफाइनल खेल रामनगर र भूपु सैनिक र टाेलबिच भएकाे छ । साे खेल २-१ गाेल अन्तरले रामनगर टाेल विजयी भएकाे छ । भूपू सैनिक विरुद्ध रामनगरले पेनाल्टीमा २ गोल र भूपू सैनिकले १ गोल गरेको छ।

शनिबार फाइनलतर्फका राेमाञ्चक खेल हुनेछन् । पुरूषतर्फ रामनगर टाेल र भुल्का टाेलबिच हुने खेल संयाेजक सुदेश पुनले जानकारी दिए । त्यस्तै महिलातर्फकाे फाइनल खेल
गणेशनगर टाेल र भुल्का टाेलबिच हुनेछ । प्रतियोगितामा प्रथम हुने समुहले रू बार हजार र ट्रफि दोस्रो हुने समुहले रू दस हजार र ट्रफि साथै तेस्रो हुने समुहले रू ८००० र ट्रफि प्राप्त गर्नेछन् ।

दिउँसाे एकबजेबाट सुरू हुने साे खेलकाे बुद्ध सामुदायिक टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।