ताजा अपडेट »

विवाहमा रक्सी पिएर फर्किदा लडेर ४७ वर्षीय देव रावतको मृत्यु

शनिबार, १७ मंसिर २०७९, १७ : ०६
4 Shares

जुम्ला । विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावतको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला-८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको गाेरुखाेला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको थियो । रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको उनको भनाइ छ।

प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए । अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।