ताजा अपडेट »

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

शनिबार, १० मंसिर २०७९, १० : ४४
7 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित लामिछानले शनिबार बिहान फेसबुक पेजमार्फत् चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् । 

लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष पनि गरेका छन् । केही दिन पार्टीको कामले काठमाडौं आउने र त्यसपछि चितवनमा नै कार्यालय सञ्चालनमा ल्याएर जनताको सेवामा लाग्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।