ताजा अपडेट »

लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखिको आयोजनामा मधुमेहको परीक्षण

सोमबार, २८ कार्तिक २०७९, १५ : ४१
16 Shares

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखिको आयोजनामा निःशुल्क रुपमा मधुमेहको परीक्षण भएको छ । विश्व मधुमेह निवारण दिवसको अवसरमा सोमबार सैनामैनामा मधुमेह परिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष अर्चना के.सि.को अध्यक्षता, डिष्ट्रीक कोडिनेटर चिफ एडभाइसर लायन्स पिएमजेएफ बालराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा २२३ जनाले मधुमेह परिक्षण गरेका थिए । मिधुमेहको परीक्षण क्रिमशन अस्पतालका मेडिकल अफिसर डा.सुमन भुर्तेल र हाम्रो पोलिक्लिनीकका ल्याब टेक्नीसियन सन्दिप जि.सि. र ए.चए विनोद गौतमले गरेका थिए ।

कार्यक्रममा बोल्दै डिष्ट्रीक कोडिनेटर चिफ एडभाइसर लायन्स पिएमजेएफ बालराम भट्टराईले क्लब स्थापना नै सामाजिक कार्यका लागि गरिएको बताउँदै निरन्तर रुपमा आफु्ले सक्दो सामाजिक कार्यमा क्रियाशिल भइरहने बताए ।

नेपालमा पनि वर्षेनी हजारौँ नागरिकको मधुमेहका कारण मृत्यु हुने गरेकाले समय समयमा सबै नागरिकले मधुमेहको परीक्षण गर्नु पर्छ भनेर सचेत गराउनका लागि कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।

क्बलकी सचिब मिना शर्माको संचालन, कार्यक्रम संयोजक सोनि थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रममा जोन चेयर फर्शन एरिया दिपक भण्डारी, सैनामैना नगरपालिका–३ का वडाध्यक्ष तम बहादुर पुर्जा, टोल विकासका अध्यक्ष इन्द्र बहादुर कामी लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।