ताजा अपडेट »

२२ कात्तिकमा जुम्ला आउँदै प्रचण्ड, हुम्ला र कालिकोटको चुनावी सभालाई समेत सम्बोधन गर्ने

सोमबार, २१ कार्तिक २०७९, १५ : ३१
25 Shares

जुम्ला । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २२ कात्तिकमा साविककाे माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बाेधन गर्ने भएका छन् । प्रचण्डले एकै साथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ ।

माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावी सभा सम्बाेधन गर्ने छन् । नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन् । सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् ।यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बाेधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः३० मा कालिकोट जाने तालिका छ ।

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य  गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।