ताजा अपडेट »

हिमालय एयरलाइन्सले सुरु गर्यो भैरहवाबाट चार्टर्ड उडान, विमानको चाप बढ्दै जाने

विहीबार, १७ कार्तिक २०७९, १८ : २५
26 Shares



भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलले बिजनेश नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाबाट मलेसियाको क्वालालम्पुरको लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट दैनिक रुपमा तीन वटा अन्र्तराष्ट्रिय उडान गर्ने बिमान कम्पनीहरुलाई त्यो भन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नु पर्ने गरेको बाध्यत्मक ब्यवस्थाको कारण हिमालय एयरलाईन्सले बिहिबार चार्टर्ड उडान सुरु गरेको छ ।

हिमालय एयरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाईन्सले दैनिक तथा नियमित रुपमा चार्टर्ड उडान गर्ने जनाए । “अहिलेको चार्टडै उडान भनेको बजारको अवश्था बुझ्नलाई गरिएको हो ।”उनले भने “भोलिका दिनमा निर्धारित रुपमै नियमित उडानहरु गर्ने गरि अहिलेको चार्टर्ड उडान गरेका हौं ।”

गौतमबुद्ध अन्र्तराष्टिय बिमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकोले यसमा सबै नेपालीको लगानी रहेको कारण हिमालय एयरलाईन्सले पनि यसलाई अपनत्व ग्रहण गर्ने श्रेष्ठले बताए । उनले परिक्षणको क्रममा भैरहवाको बिमानस्थल उडान सञ्चालन गर्न योग्य रहेको बताउदै अब नियमित उडान गर्न सकिने उनले जिकिर गरे ।

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विविध प्राविधिक कारणबाट समस्या रहे पनि अहिले समस्या समाधान भई रहेकोले अब भैरहवाबाट अन्र्तराष्ट्रिय उडान बढ्ने बताए । भैरहवा बिमानस्थल सञ्चालनको लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले स्वदेशी तथा अन्र्तराष्ट्रिय वायु सेवा कम्पनीहरुलाई बाध्यत्मक अवश्था बनाएकाले पनि अब भैरहवाबाट उडान गर्नु पर्ने उनले बताए ।

“स्वदेशी र अन्र्तराष्ट्रिय वायु सेवाहरुलाइ लाई काठमाण्डौंबाट उडान अनुमति दिए सम्म अबको ५ बर्ष सम्म पनि उहाहरु भैरहवा आउनु हुन्न ।” अधिकारीले भने “दिनको ३ वटा भन्दा बढी उडान गर्ने कम्पनीहरुलाई चौथो उडान गर्न मन भए उसले अब भैरहवाबाट गर्नुप¥यो ।”
यहि ब्यवस्था लागू भएपछि हिमालय एयरलाइन्स भैरहवा आएको र अब छिट्टै नेपाल एयरलाइन्सले पनि उडान थाल्ने उनले दावी गरे ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि सबैले आ–आफ्नो स्थानबाट आफ्नो काम गरिदिनु पर्ने उनको भनाई थियो ।
महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल प्रयोग गरि बिदेश जाने यात्रुहरुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णय समेत भएको जानकारी दिए ।

“गौतमबुद्ध बिमानस्थलबाट जाने या आउनु यात्रुले बोर्डिङ्ग पास र टिकट देखाए आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णय गरेका छौं ।” उनले भने “यसको साथै उनिहरुका लागि लगेजमा पनि ३५ किलो सम्म ल्याउन मिल्ने निर्णय गरेका छौं ।” यो सुविधाले पनि भैरहवाबाट उडान गर्ने यात्रुहरुलाई सुविधा पुग्ने अधिकारीको भनाई छ ।

उनले नोभेम्बर १२ तारिख देखी कुवेत एयरले पनि भैरहवाबाट उडान सुरु गर्ने जानकारी दिए । यस्तै थाईलैण्ड लगायतका देशका वायुसेवा कम्पनीहरु समेत उडान भर्ने तयारी भइ रहेको उनले बताए ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेश अधिकारीले एयर रुट लगायत भैरहवाबाट भारतीय शहरहरुमा उडानको सम्भावनाका बिषयमा पहल भई रहेको बताए । उनले भारतसंग भएको बिशिष्ट सम्बन्धको कारण भारत पनि यसमा सकारात्मक रहेको बताए । यसको लागि राजनैतिक, कुटनैतिक तथा प्रशासनिक प्रयासहरु भै रहेको उनले जानकारी दिए ।

अहिले यहाबाट जजीरा एयरलाईन्सले मात्रै सातामा तीनवटा उडान गरिरहेको छ । उडान र अवतरण गरि ८७ वटा उडान भरेको जजिराबाट अहिलेसम्म करिब २२ हजार यात्रुहरु लाभान्वित भएको यसका महाप्रवन्धक गोविन्द प्रसाद दहालले जानकारी दिए ।

बिमानस्थलले अहिले अन्र्तराष्ट्रिय उडान गर्ने वायुसेवाहरुलाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, बिसान शुल्क, संचार तथा उड्डययन शुल्क, सुरक्षा शुल्कमा एक बर्षको लागि सत प्रतिशत छुट दिएको छ । यस्तै नेपाल वायुसेवाले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ्ग सेवामा एक वर्षको लागि ५० प्रतिशत छुट प्रदान गरिएको महानिर्देशक दहालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।