ताजा अपडेट »

भ्रष्टाचार अन्त्य नभएसम्म देश समृद्ध हुँदैन : सूर्यवंशी 

सोमबार, ०७ कार्तिक २०७९, १० : ५४
7 Shares

बुटवल । देशमा भ्रष्टाचार अन्त्य नभएसम्म देश समृद्ध नहुने राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार केशब सूर्यवंशीले बताएका छन् ।

नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति रुपन्देहीद्वारा आयोजित बलिहाङ तिहार-२०७९ देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा उम्मेदवार सूर्यवंशीले उक्त कुरा बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्यवंशीले बलिहाङ तिहारको शुभकामना दिँदै अब मगर समुदाय पनि सामाजिक एवं राजनीतिक रुपमा सचेत हुनुपर्ने बताए । ठूला राजनीतिक दलहरु देश र जनताको समृद्धिको लागि नभई आफ्नो सत्ता बचाइराख्नका लागि एकापसमा जुहारी खेलेको आरोप लगाउँदै सूर्यवंशीले अब देश बचाउँन र बनाउनका लागि जनमुक्ति नै अन्तिम विकल्प रहेको दाबी गरे ।

उनले जनमुक्तिले आफ्नो घोषणापत्रमा राइट टु कोर्टको व्यवस्था उल्लेख गरेको स्मरण गराउँदै आफु र आफ्नो पार्टी सरकारमा पुग्यो भने कुनै दलले घोषणापत्र अनुसार काम नगरेमा निजको विरुद्ध कानूनी प्रकृयामा जाने वा अदालतमा जान पाउने व्यवस्था लागू गर्ने दाबी गरे । उम्मेदवार सूर्यवंशीले सबै खाले बिभेद र  भ्रष्टाचारको अन्त्य गर्न आफुलाई चुनाव चिन्ह घरमा मतदान गरी विजयी गराउन समेत आग्रह  गरे । कार्यक्रम संघका अध्यक्ष हेमन्त बुढाथोकीको अध्यक्षता र सचिव नमखान आलेको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।