ताजा अपडेट »

दुबै मृगौला पीडित कुमाल परिवारको आर्थिक अभावमा बिचल्ली

विहीबार, २४ माघ २०७५, ०६ : ४६
119 Shares

माघ २४,
गुल्मी । गुल्मीका एकपरिवारमा एकजनाको दुवै मृगौला फेल भएपछि कुमाल परिवारमा बिचल्ली भएको छ । गुल्मीको इश्मा गाउँपालिका १ हस्तिचौरका २८ बर्षिया कमल कुमालका दुवै मृगौला फेल भएका छन् ।

बिगत पाँच बर्षदेखि भारतमा काम गर्दै आएका कुमाल केहि समय अघि एक्कासी बिरामी परे । भारतमै उपचार गराउँदा दुवै मृगौला फेल भएको थाहा भएको पीडित कमलले बताए । त्यो जानकारी पाएसंगै कम्पनीले उनलाई घर पठायो । अहिलेसम्म आर्थिक अभावका कारण कुमाल घरमै जीवनमरणको दोसाँधमा छन् । कमलको पीडा दैनिक थपिदै गएको छ । ‘परिवारसंग छाक टार्ने उपाय छैन कमाउने व्यक्तिनै बिरामी परेर आए,’बालिकाले भनिन,‘जहाँ होँचो त्यहाँ घोँचो भयो ।’

मृगौला पीडित कमलको पाँच बर्षको छोरा, श्रीमति बृद्ध बुवा घरमा छन् । श्रीमानको उपचार गर्न १५÷१६ लाख लाग्ने भएपछि श्रीमपति पशुपति चिन्तित छन् । ‘कमाउन गएको मान्छेलेनै क्रृण बोकेर फर्किए, बाँच्ने मर्ने ठेगान छैन,’ श्रीमतिले भनिन,‘घर जग्गा बेचेपनि उपाय भएन ।’ पशुपतिका ससुरा ज्ञान बहादुर कुमाल पनि अस्पतालमै थला परेका छन् । एक्कासी पिसाब बन्द भएपछि जिल्ला अस्पताल तम्घासमा भर्ना गरिएको छ ।

कमलकी श्रीमति पशुपति कुमालले श्रीमानको जीवन रक्षाको लागि आफुले एउटा मृगौला दिन चाहेको बताएन् । उनले परिवार छोरोको समेत बिचल्ली भएकाले आफ्नो मृगौला श्रीमानलाई दिएर बचाउने बताइन् ।कमललाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर लैजाने तयारी भएको छ । तर परिवारसंग बाटो खर्च समेत नभएको छिमेकी बालिका बोहोराले बताइन् । छोरो छिमेकीकोमा छ ।

ससुरा अस्पताल र कमल आफै बिरामी भएकाले बिपन्न परिवारमा निकै समस्या भएको बोहोराले बताइन् । उनले इस्मा गाउँपालिकाले दिएको पाँच हजार बाटो खर्चले मात्रै काठमाण्डौ जाँन थालेको बताइन् । उनले पीडित परिवार र कमलको जीवन रक्षका लागि लक्ष्मी कुमालको नाममा रहेको एसविआई बैंक तम्घास शाखाको खाता नं २०९१५२४३४००८२१ मा सहयोग गर्न सवैलाई अनुरोध गरिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।