ताजा अपडेट »

प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल

शनिबार, ०५ कार्तिक २०७९, १४ : ००
4 Shares


काठमाडौं ।  गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा  लाग्दै आएकी छिन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छिन् । 

नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसकेकी गायिका लामा असाधारण क्षमताकी बहुप्रतिभाशाली गायिका समेत हुन् । लामाले हालसम्ममा झन्डै पाँचभन्दा बढी गीत गाइसकेको बताइन् । 

लामाले गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रियस्तर संघसंस्थाहरूबाट विभिन्न समेत पाइसकेकी छिन् ।  हालसम्म एक दर्जनौभन्दा बढी अवार्ड प्राप्त गरिसकेको उनी बताउँछिन् । 

डेढ दशकदेखि गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएको मुटु जली खरानी भो..., फुल भनौँ जिन्दगीलाई..., साँचो माया..., कसले बुझ्ने..., चोखो माया जस्ता दर्जनौँ गीच गाएकी छिन् । उनले नेपालमा मात्रै नभएर हङकङ, कोरिया, दुबाइ, कतार, मलेसियालगायत देशमा समेत पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।