१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टीको लुम्बिनी समितिले सामुहिक राजनामा दिएको छ ।नेपालमा वैकल्पिक राजनीतिको घोषणा गर्दै रविन्द्र मिश्रको संयोजकत्वमा ५ वर्ष अगाडि स्थापना भएको पार्टीले स्थापनादेखि नै लुम्बिनी प्रदेश समिति गठन गरेको थियो ।

Advertisement

तत्कालिन अध्यक्ष मिश्रले केहि महिना अगाडि राजीनामा दिई हालै राप्रपा प्रवेश गरेसँगै पार्टीको विचार पनि समाप्त भएको भन्दै समितिले सामुहिक राजीनमा गरेको जनाएको छ । समितिले लुम्बिनी प्रदेशमा रहेका वडा,जिल्ला लगाएत सम्पूर्ण समति खारेज गर्दै गरेको पनि उल्लेख गरेको छ ।

पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि केन्द्रले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामुहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले ग्लोबल आवाजलाई बताए । राजीनामा दिएपछिको विकल्प बारे भने कुनै निर्णय नभएको उनले जनाए ।

यस्तो छ राजीनामा पत्र

मिति २०७९/६/१५ श्रीमान अध्यक्ष ज्यु

विवेकशील साझा पार्टी केन्द्रिय कार्यालय बखुण्डोल ललितपुर

सामुहिक राजिनामा सम्बन्धमा

नेपालमा वैकल्पिक राजनीतिको घोषणा गर्दै रविन्द्र मिश्रको संयोजकत्वमा ५ बर्ष पहिले साझा पार्टीको स्थापना भएको थियो l पार्टीको स्थापना देखि नै लुम्बिनी प्रदेशमा पनि हामी विवेकशील साझा पार्टीमा आवद्ध भै विभिन्न जिम्मेवारीमा रहदै पार्टीको बिधानमा रहि गतिविधि गर्दै आएका थियौं l

पार्टीको महत्त्वपूर्ण कार्यक्रम लुम्बिनी राष्ट्रिय भेला लगायत विभिन्न कार्यक्रम लुम्बिनी प्रदेशले गर्दै आएको कुरा सर्वविधितै छ l लुम्बिनी प्रदेशका धेरै जिल्लामा विवेकशील साझाको संगठन निर्माणकार्य पनि प्राथमिकताका साथ गर्दै आएका थियौं l लुम्बिनी प्रदेशले पदिय लोभलाई त्यागेर पार्टीको हितको लागि उच्चस्तरीय भुमिका निर्वाह गर्दै आएको कुरा सर्वबिधितै छ l

पटक पटक पार्टीलाई दुर्घटना हुनबाट पनि लुम्बिनी प्रदेशले आफ्नो भुमिका प्रमुख प्राथमिकताका साथ काम गर्दै आएको कुरा सबैलाई जानकारी नै छ l पार्टीको केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रले स्थानीय निर्वाचनको नतिजा राम्रो न आएपछि सम्पुर्ण जिम्मेवारी आफैले लिदै नैतिकताको आधारमा केन्द्रिय अध्यक्ष बाट राजिनामा गर्नु भएको थियो l

अहिले रवीन्द्र मिश्र ज्यु पार्टीको साधरण सदस्य समेत नरहने गरि राजिनामा दिनु भएको , केन्द्रिय समितिको दुई तिहाई बहुमत द्वारा पारित “बिचार भन्दा माथि देश “दस्तावेज पार्टीका सार्वभौम सदस्यहरू सङ्ग सकार्य नै नगरी काठमाडौमा रहेका सिमित ब्यक्तिहरुले एकलौटी रुपमा खारेज गरेको तथा रविन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिङ्गो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर रहेको हुँदा आजका मितिदेखी लागू हुने गरि विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश समिती भङ्ग गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्ला समिति समेत आजका मिति देखि भङ्ग गर्दै प्रदेश समिती, जिल्ला समिती , नगर तथा गाउँ पालिका समितिमा रहनु भएका सम्पुर्ण जिम्मेवारी सदस्यहरुले सामुहिक रुपमा राजिनामा दिदै विवेकशील साझा पार्टीको साधारण सदस्य नरहने गरि आजका मिति देखि लागुहुने गरि राजिनामा गरेका छौँ l

यस्तो छ राजीनामा पत्र

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार