ताजा अपडेट »

तराई -मधेशका जनताप्रति एमाले सबैभन्दा बढी चिन्तित : उपमहासचिव ज्ञवाली

मंगलबार, ११ असोज २०७९, २१ : ११
22 Shares


कपिलवस्तु । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले तराई मधेशका जनतहरुप्रति सबैभन्दा बढी चिन्ता एमालेलाई रहेको बताएका छन् । कपिलवस्तुको पकडीमा आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै नेता ज्ञवालीले मधेसीहरुको हक र अधिकारको बारेमा एमालेले काम गर्दै आएको बताए ।

उनले भने ‘तराई मधेसीका जनताहरुप्रति सबैभन्दा बढी चिन्तित र संवेदनशिल कुनै पार्टी रहेको छ भने नेकपा एमाले पार्टी नै हो । नेकपा एमाले नेतृत्वका सरकारले तराई मधेसका वास्तविक समस्या समाधानको निम्ति अगुवाई गर्यो । तराईको माटोमा सुन फल्छ , अलि परबाट नदी बगिरहेको छ तर, यहाँ सिञ्चाई छैन आफूलाई मधेसका मसिहा भन्नेहरुको एजेन्डा र घोषणापत्रमा कहिल्यै पारेनन् ।’

‘मधेसका जनताहरुलाई उचालियो कि नेपालको समस्या गरिबी होइन , सामन्ती सत्ता होइन,पछौटेपन होइन, नेपालको समस्या भनेको पहाड हो भन्दै मुलुकलाई सम्प्रदायिक विद्रोहतर्फ धकेल्ने कुरा गरियो ।’ मधेश केन्द्रित दल तथा नेताहरुलाई लक्षित गर्दै उनले भने ।

उनले एमालेविरुद्ध घेराबन्दी भएको र निरन्तर गरिरहेको बताउँदै भने ‘अनेकौं दलहरुको मोर्चा बन्नेछ , चक्रब्यूह र घेरामा पार्ने कोसिस भइरहेको छ । तर, त्यो घेरालाई तोड्दै जसरी आज नेकपा एमाले देश र जनताको हितमा अविचलित ढङ्गले लागिरहेको छ । यहि एमालेको सहि विचार र नीतिलाई आधार मानेर कपिलवस्तु लगायत देशभर नै पार्टी प्रवेश गरिरहेको पाइन्छ ।’

सभामा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य मधुसुधन चौधरी, जिल्ला अध्यक्ष कैलाश अग्रहरीसहित एघार सय बढी नेता , कार्यकर्तालाई पार्टी उप–महासचिव ज्ञवालीले एमाले प्रवेश गराएका छन् ।

मधेसको सवालमा एमाले सधैँ स्पष्ट भएको हुँदा एमाले रोजेको मधुसुधन चौधरीले बताए । नव प्रवेशी चौधरीलाई एमालेले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाउने चर्चा चलेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।