ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ

आइतबार, ०९ असोज २०७९, १३ : २२
2 Shares

काठमाडौं । देशका विभिनन स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका–११ कपन प्रगति चोक बस्ने लब्जी बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनलााई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेक हो । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोल बस्ने गोमे गरुङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ८ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने कुमार कार्कीको युएण्डमी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार २ सय ५० रूपैयाँ, १ थान सिसिटिभि क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक तास सहित पक्राउ गरेको हो ।     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।