१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

काठमाडौं । नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ । डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ । 


त्यस्तै, आइतबार डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् । युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार