ताजा अपडेट »

सामसङले ए सिरिजका दुई नयाँ मोबाईल ल्यायो नेपाली बजारमा, यस्ता छन मूल्य र र फिचरहरु

सोमबार, ०५ चैत्र २०८०, २२ : ०९
84 Shares

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले  आफ्ना दुई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबारदेखि ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी गरी दुई नयाँ मोडेल सार्वजनिक गरेको हो । दुवै मोबाइलमा सामसङ नक्स भउल्ट जस्ता उच्च स्तरका सुरक्षा फिचर समावेश गरिएका छन् । यसले मोबाइलमा स्टोर गरिएका निजी डेटा इन्क्रिप्ट गरेर सुरक्षित रहन्छन् जसकाकारण मोबाइल हराएमा वा चोरी भएमा तपाईंको डेटामा यसले अरुलाई पहुँच बनाउन दिंदैन ।

ग्यालेक्सी ए५५ ले कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्ने बताइएको छ ।  यो फोनमा रहेको आधुनिक एआई इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) ले ग्यालेक्सी ए सिरिजमा पहिले कहिल्यै नदेखिएको लोलाइट इमेज क्षमता दिएको छ । त्यस्तै यसमा रहेको नाइट पोट्रेट मोड र १२–बिट एचडीआर भिडिओले हरेक तस्विरमा मानिसहरूलाई आकर्षक देखाउने गर्दछ । 

ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी दुवैमा उत्कृष्ट फोटोग्राफी क्षमता रहेको छ । दुवै फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) र भिडिओ डिजिटल इमेज स्टेबलाइजेसन (भीडीआईएस) जस्ता फिचर समावेश छन् । यो फिचरले गर्दा हिंड्दै वा गतिशील अवस्थामा खिच्दा समेत फोटो र भिडिओमा समस्या आउँदैन । दुवै फोनमा ६.५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड १४ मा आधारित यी फोनमा चार वर्षको ओएस, एउटा यूआई अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट प्राप्त हुनेछ । 

आठ जीबी र्याछम तथा १२८ जीबी स्टोरेज रहेको ग्यालेक्सी ए ३५ को मूल्य ४६ हजार ९९९ रुपैयाँ र यसको आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई ५१ हजार ९९९ बजार मुल्य राखिएको छ । । त्यसैगरी ग्यालेक्सी ए ५५ को आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ राखिएको छ । 

यी दुवै फोनमा २५ वाटको सामसङ चार्जर पनि निःशुल्क पाइनेछ । ग्राहकले ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी इन्स्टा फाइनान्समा सरल किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।  जसको लागि ग्राहकले आफ्नो नागरिकता मात्र ल्याए पुग्ने बताइएको छ । इन्स्टा फाइनान्सका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो डिभाइस एक्सचेन्ज गरी नयाँ ग्यालेक्सी ए ५५ फाइभजी वा ग्यालेक्सी ए ३५ फाइभजी लिन सक्नेछन् ।

यो सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम, एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्टफोनको मूल्याङ्कनमा थप २,५०० रुपैयाँ बोनस पनि पाउनेछन्  । यस बाहेक सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा १,५०० रुपैयाँ बोनस पाउन सकिनेछ । यी सबै सुविधा नेपालभरका लागि उपलब्ध छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।