ताजा अपडेट »

द नेक्सट फेस लुम्बिनी–२ हुने, उपाधिसहित ५० हजार पुरस्कार

शुक्रबार, ०७ असोज २०७९, १४ : ३५
29 Shares

बुटवल । ब्यूटी पेजेण्ट ‘द नेक्सट फेस लुम्बिनीको दोस्रो संस्करण हुने भएको छ । आयोजक द एस.के.स्टाइल क्रियशनले बुटवलमा पत्रकार सम्मेलन गरी ‘द नेक्स्ट फेस लुम्बिनी फेस–२’ आयोजना गर्न लागिएको बारे जानकारी गराएको हो ।

पहिलो सिजनको सफलतापछि राम्रो प्रतिक्रिया आएको र उत्साह पनि बढेको हुनाले निरन्तरता दिँदै दोस्रो सिजनको आयोजना गरिएको आयोजक एस.के.स्टाइल क्रियशनका अध्यक्ष साहिर केसीले बताए । साथै प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागिता जनाउन सक्ने उनले जनाए ।

प्रतियोगिताका लागि यही १५ गते पहिलो अडिशन हुने र सो का लागि १८ वर्षदेखि ३० वर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगिताका संयोजक गोकुल न्यौपाने जानकारी गराए । प्रतियोगितामा चर्चित कोरियाग्राफर सुजित बस्याल मुख्य कोरियोग्राफर तथा निर्णायकको रुपमा रहने उनले जनाए ।

सौन्दर्य तथा कलाकारितामा रुचि राख्ने युवायुवतीहरुलाई लक्षित गरी कार्यक्रम आयोजनाा गरिएको आयोजक संस्था क्रियशनका अध्यक्ष केसीले बताए । प्रतियोगिताका विजेतालाई उपाधि,विभिन्न सहायक उपाधिसहित २ वर्षे छात्रवृत्ति,आइएलटिस भाष कक्षा,म्यूजिक भिडियो, सर्ट मूभि लगाएतमा अवसर प्रदान गरिने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।