ताजा अपडेट »

माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन

मंगलबार, ३१ साउन २०७९, २० : ४१
10 Shares

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मी जिल्ला समन्वय समितिको सचिवमा अशोक थापा ( मुक्ति) चयन भएका छन् ।  मंगलबार जिल्ला पार्टी कार्यालय तम्घासमा बसेको प्रथम पूर्ण बैठकले प्रदेश कमिटी सदस्य रहेका थापालाई सर्वसम्मत रुपमा पार्टीको  जिल्ला सचिव चयन गरेको हो ।

प्रदेश कमिटी बैठकले गुल्मी अध्यक्षमा बुद्धि जिसी रहने निर्णयलाई यसअघि नै अनुमोदन गरेको थियो । पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्वमन्त्री सुर्दशन बराल तथा जिल्ला अध्यक्ष जिसी लगायतका नेताहरुले सचिव थापालाई शुभकामना व्यक्त गरेकाछन् ।

बैठकले संघीय निर्वाचन क्षेत्र नम्बर १ को ईन्चार्जमा प्रदेश कमिटी सदस्य तथा चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीलाई चयन गरेको छ  । त्यस्तै सोही प्रदेश कमिटी संयोजकमा प्रदेश कमिटी सदस्यहरु  लिला थापा बराल र रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीलाई सचिव पदमा चयन गरेको छ ।  सोही निर्वाचन  क्षेत्रको प्रदेश ‘क’ मा ईन्जार्च  तेजेन्द्र सलामी, संयोजक सुमित्रा क्षेत्री र सचिवमा चित्रबहादुर थापालाई चयन गरेको छ । त्यस्तै सोही क्षेत्रको प्रदेश 'ख' को ईन्जार्चमा मनिराम ज्ञवाली, संयोजक प्रदेश सांसद गीता थापा र सचिवमा रामचन्द्र कँडेललाई चयन गरिएको छ ।

संघीय निर्वाचन क्षेत्र गुल्मी २ को ईन्चार्जमा ज्ञानकुमार बुढा मगर, संयोजक  मालिका गाउँपालिका प्रमुख देविरा अर्याल र सचिवमा दुर्गा बिकलाई चयन गरिएको छ । त्यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश 'क' मा खुमबहादुर थापा ईन्चार्ज, रुपक श्रेष्ठ संयोजक र सचिवमा ठाकुर पाण्डे संयोजक चयन भएका छन् । प्रदेश 'ख' मा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल ईन्चार्ज, संयोजक सुर्यकुमार बुढा र सचिवमा महेन्द्र बिसी संयोजक चयन भएका छन् ।

बैठले विभिन्न जनवर्गीय संगठन र विभाग प्रमुखको जिम्मेवारी समेत तोकेको छ ।  जस अनुसार  सो पार्टीको युवा संगठन वाईसियलको ईन्चार्जमा पार्टी सचिव अशोक थापा,  विध्यार्थी संगठन प्रमुखमा भुपाल पोखरेल,  महिला संगठन विभाग प्रमुखमा लिला थापा, दलित मोर्चामा चन्द्रबहादुर बिक, यातायाता ब्यवसायी विभाग प्रमुखमा रुपकलाल श्रेष्ठ, मजदुर संगठन प्रमुखमा मनिराम ज्ञवालीलाई चयन गरेको छ ।

पार्टी जिल्ला अध्यक्ष जिसीका  अनुसार जिल्ला पार्टी समन्वय समितिमा हरेक पालिकाका अध्यक्ष, उपाध्यक्ष र सचिवसम्म पाँच जना स्वतः आउने पार्टी विधानमा उल्लेख छ ।  जस अनुुसार १२ पालिकाबाट ६० जना जिल्ला समन्वय समितिको सदस्य हुने गर्दछन् । त्यस बाहेक जिल्ला कमिटीमा १५ जना सदस्य मनोनय गरिएको छ ।

जिल्ला सदस्यमा मनोनय भएका योगेन्द्र पाण्डेलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।  बैठकले संघीय र प्रदेश निर्वाचन घोषणपत्र निर्माण समिति युवराज केसीको संयोजकत्वमा गठन गरेको छ ।  प्रदेश परिषद सदस्य र जेष्ठ कम्युनिष्ट मञ्चमा सो पार्टीका विभिन्न अग्रजहरुलाई चयन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।