२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । 

Advertisement

नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेकाे प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ । उनी अब भारतका विभिन्न सहरमा नेपालीपन बोकेर नेपाली सिनेमा पुग्ने बाटो खुलेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली स्वाद चखाउने गरी पुग्दैछौँ । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरूको सपना पूरा गर्ने शहर पनि हो ।’

बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगटेको भन्दा खुसी साटेका छन् । उनले लेखेका छन्, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।’उनले संघर्षका अनेकौं पहाड छिचोल्दै विश्व चलचित्रको समुन्द्रमा हाम फालेको बताएका छन् । आफू र आफ्नो टिमको शाहसका कारण नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठुलो जोखिम मोलेका बताएका छन् । 

उनले प्रेम गीत ३ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म पुग्दै गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालकै लोकेसन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्ने छन् । त्यसको फाइदा हामी सबै जसले नेपाली फिल्ममा काम गरेका छौं, उहांहरूलाई हुने हो ।’

साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामीले देख्न बेला भएको उनको भनाइ छ । बलिउडका फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट मिठो साथ र सपोर्ट पाएको उनको भनाइ छ । आगामी २३ सेप्टेम्बरदेखि यो सिनेमा रिलिज हुँदैछ । 

प्रतिकृया दिनुहोस्

Flash News

कुसुन्डामा भाषा संरक्षणकै चिन्ता चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह