२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् ।

Advertisement

कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान प्रधानमन्त्री देउवाले अनावरण गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार पनि थिए । “कठिन राजनीतिक आरोह, अवरोह पार गरेका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्, उनी युगपुरुष र शिखरपुरुष हुन् ”, सभापति देउवाले भने ।

प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गरेको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए । उनले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको स्मरण गरे ।“गिरिजाबाबुले अगाडि सारेको सहमति, सहकार्य, एकता आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ”, उनले भने । म जे बोल्छु, त्यही गर्छु भन्ने गिरिजाबाबुको अडान भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको बताए ।

कांग्रेस नेत्री सुजाता कोइरालाले श्रमिकको दुःख बुझ्ने नेता गिरिजाबाबु भएको बताइन्। नेत्री कोइरालाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गरेको विराटनगरस्थित जुटमिलभित्रका ऐतिहासिक सामग्रीलाई सङ्ग्राहलय स्थापना गरी संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री गिरिजाबाबुको शालिक अनावरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

विसं २०४७ मा स्थापना भएको ट्रेड युनियन कांग्रेसमा हाल २७ सङ्घ आवद्ध रहेको ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए । ट्रेड युनियन कांग्रेसमा हाल चार लाख श्रमिक आवद्ध छन् । आज अनावरण गरिएको अर्धकदको शालिक पाटन औद्योगिक क्षेत्रका कलाकार धर्म शाक्यले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण