२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौँ । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ ।

Advertisement

पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको रहेको छ ।

पुस्तकमा कुनै पनि बिपत्तिमा आशा र धैर्यतालाई कायम राखेमा त्यस्ता विपत्तिको सामना गर्न सकिने सन्देश दिइएको छ । २०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मी, पुस्तकका पात्रहरु नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल र अमेरिका निवासी व्यवसायी लोक तिवारीले पुस्तकको लोकार्पण गरेका थिए । भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

यो पुस्तकको नेपाल संस्करण नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो भने अन्तर्राष्ट्रिय संस्करण नमस्ते मिडिया इन्क न्युयोर्कले प्रकाशन गरेको हो । खसोखासका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त गरेका पन्थीले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित लाइफटाइम अचिभमेन्ट अवार्ड समेत पाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप