ताजा अपडेट »

लुम्बिनीकी राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

बुधबार, १५ असार २०७९, १२ : ४३
10 Shares

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।

‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ । ’–ग्लोबल आवाजसँग कुराकानी गदै बरालले भने । गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।