ताजा अपडेट »

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

आइतबार, ०५ असार २०७९, १७ : १९
4 Shares

वीरगञ्ज । जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।