ताजा अपडेट »

जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गर्यो

विहीबार, २४ फागुन २०८०, १५ : ०३
18 Shares

बारा । जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन् । बारा प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुरमा  चेकजाच गर्दा नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक नबिन राईले जानकारी दिए ।

पक्राउ परेकालाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।