बुटवल । नेपालमा रहँदा पत्रकारितामा संलग्न र अमेरिकामा बसेर पनि पत्रकारितामा आवद्ध नेपालीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । उनी यसअघि निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैगरी संघको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, कोषाध्यक्ष करना अधिकारी र सचिवमा शेरबहादुर थापा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा सुजन पण्डित, बाबुराम दाहाल, डिल्लीबहादुर रावत, दीपेन्द्र खड्का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ, डोल्मा लामा र क्षेत्रीय संयोजक सृजना काफ्ले, शान्तिराज राई, दीपक दाहाल, ओम आचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया