ताजा अपडेट »

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा

विहीबार, २६ जेठ २०७९, १५ : ४८
6 Shares


काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्लिन भारतहुँदै नेपाल आएका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।