१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । उनी सुनसरीको रामधुनी नगरपालिका– ७ का हुन् ।उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्‍कर बुधबार दिउँसो अन्दाजी १ः३० बजे आपसमा ठक्कर खान पुगेको थियो। ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए । उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । 

घिसिङ श्रीमती कञ्‍चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए । मगर पनि गम्भीर घाइते छिन् । आइसीयूमा राखेर बिएण्डसीमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु