२१ माघ २०७९, शनिबार

Feb 4, 2023

बुटवल । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) को आयोजनामा बुटवलमा दुई दिने बृहत अन्तरक्रिया तथा अगुवा कार्यकर्ता भेला हुने भएको छ ।

Advertisement

यहि जेठ २५ र २६ गते बुटवलमा आयोजना हुने खुल्ला अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिले जनाएको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष गणेश पौडेलले हिन्दु राज्य सहितको गणतान्त्रीक नेपालको परिकल्पना साकार बनाउन आगामी निर्वाचनको एजेन्डाको विषयमा समेत वृहत अन्तरक्रिया कार्यक्रममा छलफल हुने बताए । बुटवलको ड्रिम ईन्टरनेशनल होटलमा आयोजना गरिने अन्तरक्रियामा यस क्षेत्रका बुद्धिजिवी,बिभिन्न पेशागत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष पौडेलले जानकारी गराए ।

विभिन्न पेशा, व्यवसाय, संघ संस्थामा आवद्ध भएका व्याक्तिहरुको सहभागिता रहने अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व उप प्रधानमन्त्री कमल थापाले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको उनले बताए । कार्यक्रममा करिव ३ सय भन्दा बढिलाई सहभागीताको लागि पत्राचार गरिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रदीप शेरचनले जानकारी दिए ।

२६ गते बुटवलको देविनगर स्थित भुपु सैनिक कल्याण क्लवमा हुने प्रदेशका १२ वटा जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहने भेलामा पार्टीले अगाडी सरोका एजेण्डा र आगामि रणनीति बारे पार्टी अध्यक्ष थापा सहित महामन्त्री राजाराम बर्तौला लगायतका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका जिल्ला कोषध्यक्ष तथा कार्यक्रम संयोजक सुरज गौतमले बताए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य जंग बहादुर बस्नेत, प्रदेश दलित मोर्चा संयोजक सुरेश कुमार विश्वकर्मा लगायतले गत स्थानीय तहको निर्वाचनमा जनताले उत्साहजन भोट दिएको भन्दै आगामी प्रदेश र संघीय निर्वाचनमा समेत हिन्दु राज्य सहितको गणतन्त्रको परिकल्पना सहितको एजेन्डामा जनताले साथ दिने विश्वास समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै