ताजा अपडेट »

आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, २२ जेठ २०७९, ११ : २४
4 Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् । 

पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराती साढे ९ बजे ठक्कर दिएको थियो । गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।