ताजा अपडेट »

रुपन्देहीको भलवारी स्थित आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

शुक्रबार, १३ जेठ २०७९, १२ : ०१
6 Shares

बुटवल । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ । डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको सई लक्ष्मण डाँगीले जानकारी दिए ।

सई डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणका प्रयास गरिरहेको र अन्य दमकल पनि आउने तयारीमा रहेको सई डाँगीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।