ताजा अपडेट »

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

विहीबार, १२ जेठ २०७९, १२ : ४६
8 Shares

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ । 

आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार बढी विजयी बनेका छन् । 

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।