ताजा अपडेट »

विद्यालयमा झोला वितरण र पोषणयुक्त गाउँपालिका बनाउने ओमसतियाका अध्यक्ष यादवको घोषणा

सोमबार, ०९ जेठ २०७९, १७ : ११
4 Shares

भैरहवा । ओमसतिया गाउँपालिकाकामा नवनिर्वाचित अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले प्रदभार ग्रहण गरेका छन् । पदभारग्रहण गर्दै अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले शिक्षित र स्वस्थ ओमसतिया गाउँपालिका निर्माण गर्ने प्रतिवद्दता अनुरुप पहिलो निर्णयनै शिक्षा र स्वास्थमा आधारित रहेर गरेका छन् ।

मन्जितले दुई वटा निर्णय लिईएको गरेका छन् । गाउँपालिकाको सामुदायिक बिद्यालयमा अध्ययन गर्ने १ देखि ५ कक्षा सम्मका बिद्यार्थीहरुलाई झोला बितरण र पोषणयुक्त गाउँपालिका बनाउने निर्णय मन्जितले गरेका छन् । मन्जितले पदभारग्रहण कार्यक्रममा बोल्दै ओमसतियाका आम जनताको हितमा आफुले सधै काम गर्ने बताए । उनले गाउँपालिकालाई शिक्षित र स्वस्थ बनाउनको लागी आफ्नो कार्यकालमा बिभिन्न कार्यक्रम अघि बढाउने जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेर आफुले इमान्दारिता पुर्वक जनताको हितमा काम गर्ने बताइन् । उनले ओमसतियामा सबै जनप्रतिनिधी मिलेर काम गर्ने जानकारी दिइन् । ओमसतिया गाउँपालिकामा सोमबार गाउपालिका प्रमुख मन्जित कुमार यादव (सोनु) र उपप्रमुख सुनिता चौधरीले पदभार ग्रहण गरेलगत्तै गाउँपालिकामा प्रस्ताव भईआएका दुई निर्णय सदर गरिएको हो ।
यस्तै सोमवार कार्यक्रममा गाउँपालिकाको उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।