ताजा अपडेट »

नेपालमा थपिए १२ कोरोना संक्रमित

विहीबार, ०५ जेठ २०७९, १७ : ३४
2 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ । यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।