ताजा अपडेट »

गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित

मंगलबार, ०३ जेठ २०७९, ०७ : ५१
12 Shares

बुटवल । एमालेको पकडको रुपमा मानिने गुल्मी रूरूक्षेत्र गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष गुमाएको छ। पालिकाका ६ वडामध्ये ५ वडाध्यक्ष र उपाध्यक्ष जित्दा पनि अध्यक्षमा एमालेका उम्मेदवार पराजित भए।

अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका यदु ज्ञवालीले एमालेका हिमाल कुमार श्रेष्ठलाई १ हजार २ सय ७७ मतान्तरले पराजित गरे। ज्ञवालीले ५ हजार ८१७ मत ल्याउदा श्रेष्ठले ४ हजार ५४० मत पाए। उपाध्यक्ष र अन्य ५ वडा वडा भने एमालेले बिजय हासिल गरेको छ।

उपाध्यक्षमा एमालेकी मिनादेवी गौतमले ५ हजार ४५१ भोट ल्याएर बिजयी हुदा नेपाली कांग्रेसका दुर्गा ज्ञवाली ८ सय ५ मतअन्तरले पराजित भईन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।